समृद्ध फेदीखोला, सुखी फेदीखोलावासी
Logo

फेदीखोला गाउँपालिका

गाँउ कार्यपालिकाको कार्यालय, गण्डकी प्रदेश

Logo Logo
समाचार

फेदीखोला गाउँपालिकाको विस्तृत जानकारी

फेदीखोला गाउँपालिका स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा अवस्थित गण्डकी प्रदेशको एक गाउँपालिका हो। यो गाउँपालिका वि.सं. २०७३ मा नेपाल सरकारले ७४४ स्थानीय तह लागू गर्दा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर स्थापना गरिएको थियो। यसको कुल क्षेत्रफल ५६.७३ वर्ग किलोमिटर छ र यो ५ वडामा विभाजित छ।

यो गाउँपालिका पोखरा महानगरपालिकासँग सिमाना जोडिएको र सिद्धार्थ राजमार्गले समेटिएको स्याङ्जाको प्रवेशद्वार मानिन्छ। प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले समृद्ध, यहाँ भालुपहाड, बडाचौर, साल्मेडाँडा, रामकोट, सिरान्चुली बागे, पञ्चासे जस्ता पर्यटकीय स्थलहरू छन्। साथै, कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा जस्ता धार्मिक स्थलहरूले पनि यसको महत्व बढाएका छन्।

गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, पश्चिममा आँधीखोला गाउँपालिका, उत्तरमा पुतलीबजार नगरपालिका र दक्षिणमा आँधीखोला गाउँपालिका पर्छन्। यो क्षेत्र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ र गोर्खा स्मारक पार्क जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूले पनि यसलाई चर्चित बनाएको छ।